गल्कोटवासीलाइ मेयर भरत शर्माको संदेश

0
39

Bharat Sharma

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

मेयर
गल्कोट नगरपालिका

आदरणीय गल्कोटबासी दिदीबहिनी, बुवा आमा, दाजु भाइ एबम साथीहरु,

आफैमा भू-स्वर्ग हाम्रो प्यारो गल्कोटको विकास र सम्ब्रिदीको बिषय लाइ लिएर स्वदेश र बिदेशमा रहनु भएका गल्कोटबासी र गल्कोटको भलो चाहने अन्य महानुभावहरुबाट विभिन्न सुझाब, सल्लाह र कमेन्टहरु सामाजिक संजाल एबम व्यक्तिगत सम्पर्क मार्फत प्राप्त हुँदै आएका छन् ।

गल्कोटको पुर्बाधार विकास,सामाजिक सुरक्षा, जमिनको खण्डिकरण, अब्यबस्थित सहरीकरण, कृषी योग्य जमिनमा भएको अब्यबस्थित घर/भवन निर्माण र तिनको योजनाबध्द सुधार र व्यबस्था, गल्कोटमै रोजगारीको अवसरको सृजना लगायतका अन्य बिषयहरुमा साथीहरुले चासोका साथ आफ्ना धारणाहरु ब्यक्त गर्नु भएको छ। नगर प्रमुख र मेरो व्यक्तिगत हैसियतले साथीहरुका यी चासो र चिन्ता प्रति म पनि जानाकार र चिन्तित रहँदै आएको छु ।

साथीहरुका यी सुझावहरु र चिन्ताहरूलाई एक जनप्रतिनिधिको र व्यक्तिगत हैसियतले साथीहरुकै सल्लाह र सुझाबमा आगामी दिनहरुमा म लगायत सबै जनप्रतिनिधिहरुको सामुहिक प्रयासले सम्बोधन गर्दै जानेनै छौं भन्ने कुरा मैले यसै स्टाटस मार्फत अनुरोध गर्न चाहन्छु । साथै समृद्द गल्कोट निर्माणको यस महाभियानमा यहाँ हरुको सदैब रचनात्मक सल्लाह, सुझाब र आलोचनाको अपेक्षा राख्दछौं ।

“कृषी, पर्यटन, जलश्रोत ,स्थानीय सिप र पूर्वाधार, सम्बृद गल्कोट निर्माणका आधार”

जय नेपाल , जय गल्कोट

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!