गलकोट नगरका मेयरलाई विदेशबाट एक युवाको पत्र

0
30

दुर्गा बहादुर खत्री

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

आदरणिय गलकोट नगरपालिका मेयर भरत शर्मा ज्यु

समुन्द्रपारीबाट नमस्कार …

सामाजिक संजाल फेसबुक बाट नै सल्लाह सुझाब र अालोचनाको अपेक्षा सहितको तपाईको स्टाटस देखेपछि केही नलेखिरहन मनले मानेन ।

आज तपाई गलकोटबासीको अपार भोटले यो स्थानमा हुनुहुन्छ त्यसैले अबको ५ बर्षमा गलकोटलाई कस्तो बनाउने भन्ने कुरा तपाईको हातमा हुनेछ किनकी गलकोटका जनताले ताला चाँबी तपाईलाई नै सुम्मिएका छन । सबैका आवाजलाई सुन्नुहोला र निर्णय आफुले लिनुहोला । पानी धमिल्याएर माछा मार्न खोज्नेहरुको जमात ठुलै छ हाम्रो समाजमा सचेत रहनु ज़रूरी छ ।

मेयर ज्यु , गलकोटको दिगो बिकाशको आघार नै संम्बृद्घ गलकोट र त्यसका लागी युवा स्वरोज़गार हो र यो नै दिगो विकासको एक प्रकृया हो जसले समाजको आवश्यकता पुर्ती गर्न मद्धत गर्दछ र भावी सन्ततीको पर्यावरणीय आवश्यकता, पृथ्वीको बहन क्षमता र प्राकृतिक स्रोतको दिर्घकालिन उपयोगको सुनिश्चिततालाई समेत ध्यानमा राख्दछ । यसतर्फ नै तपाईले सम्पुर्ण ध्यान केन्द्रित गर्नुहोस् यो नै एउटा सकारात्मक परिवर्तनको प्रक्रिया हो ।

आदरणिय मेयर ज्यु ,

गलकोटलाई अब समाज सेवा होईन समाज बिकासको आवस्यता परेको छ । गलकोट बासीहरु जो अहिले पनि गलकोटमै कष्टकर जीवनयापन ब्यतित गरिरहेका छन उनीहरुलाई सोध्नुस त !? यो उनीहरुको आत्माको आवाज़ हो । तपाई मेयरका रुपमा आईसकेपछी बिभिन्न क्षेत्रका ब्यक्तिहरुले बिभिन्न माध्यमबाट आ-आफ्ना धारणाहरु राख्दै आईरहनु भएको कुराले सबैको गलकोट प्रतिको अगाध माया र प्रेम झल्किएको हो भन्ने कोणबाट मुल्याङकन गर्दा अनुपयुक्त हुँदैन तर आफुलाई आवश्यक सेवा र सुबिधा खोज्दै गलकोटबाट पलायन हुने र आफ्ना आधारभूत आवस्यकता पुरा भैसकेपछि पहिचान र आत्मसम्मानका लागी बिभिन्न नामका सामाजिक संस्था खोलेर गलकोट क्षेत्रको बिकाश गर्छौ भन्नेहरुको सस्तो लोकप्रियताका पछाडी लाग्नु नै आज सम्मको बिडम्बना हो ।

मेयर ज्यु अब गलकोटको एकिकृत बिकास र संबृद्घिका लागी गलकोट केन्द्रित बैंक बितिय संस्था र इन्भेष्टमेन्ट कम्पनीहरुको स्थापना गरि हरेक गलकोटेले कम्तिमा दिनको १ घन्टामात्र गलकोटको बिकाशमा लगानी गर्ने हो भने पनि सम्पन्न,आत्मनिर्भर र संबृद्घ गलकोट बन्न धेरै समय लाग्दैन त्यसका लागी सबै क्षेत्रका युवाहरु एकजुट हौऔँ…उच्च शिक्षाका लागी बाहिरिएका र बेरोज़गार भई बाहिरिएका युवाहरु हातेमालो गर्न तयार छन । हामी सबै मिलेर गलकोट नगरको विकास हाम्रै जीवनकालमा गर्नुछ ।

अप उच्च शिक्षा अध्ययन र प्राबिधिक सिप सिक्नलाई बाहिरिएका दक्ष र क्षमतावान गलकोटे युवाहरुले आर्जन गरेको ब्यवस्थापकिय कला, ज्ञान, सिप र क्षमतालाई गलकोटको संम्बृद्घीमा परिचालन गर्न सक्ने बातावरण मात्र मिलाईदिनु होला । अहिलेलाई यो भन्दा ठुलो अपेक्षा केही छैन । छिटै आफ्नो कार्यपत्र सहित गलकोट नगरमा उपस्थित हुन पाउँ ।

धन्यबाद

जय गलकोट !!! जय नेपाल

लेखक दुर्गा बहादुर खत्री जापान युनिभर्सिटी अफ ईकोनोमिक्स टोकियोमा अध्ययनरत छन

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!