नेपाल वायुसेवाले जुलाई ४ देखि नियमित ओसाका उडान गर्ने

0
100
nepal airlines osaka japan flight

मिति २०७६ – १ – २०

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!


नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः
प्रारम्भ गर्ने भएको छ ।


असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान
प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान
मंगलबार, बिहीबार र शनिवार हुनेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका
लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र
ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह
६ः०० बजे काठमाडौं आइपुग्ने छ ।


ओसाकाको सबै उडानहरु वाइड्वडी ए३३०–२०० बाट हुनेछ। यस अघि सन् २००७ सम्म
निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा
विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट
काठमाडौंका लागि सवभन्दा बढी ४१,०७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल
वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए । ध्वजावाहकको सेवा
नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७,६१३ यात्रुमा सीमित भएको थियो ।
निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार
हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउनेछ ।
निगमको गृष्मकालीन तालिका अनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक
तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल
नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको छ ।
टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुइ र्– दुई वटा उडान
गर्ने योजना रहेको छ ।


विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित
रुपमा भएकोे थियो । बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर
गरिन्थ्यो । तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म
वाइड्वडी विमानबाट सिधा उडान गरिने छ ।


Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.