२२औं संस्करणको राष्ट्रीय भलिवल गल्कोटमा

0
73

नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । संघकै आयोजनामा २१औं संस्करणका काठमाडौंमा सम्पन्न गरेको महिला भलिबल प्रतियोगिताको २२ औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता बाग्लुङमा आयोजना गर्ने निर्णय गरेसँगै संघले विकेन्द्रिकरण प्रयास थालेको हो ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बाग्लुङको गल्कोट नगरपालिकामा गराउने जानकारी गराएको हो । यससँगै संघको आयोजना, बाग्लुङ जिल्ला भलिबलसंघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता २३ असोजदेखि २७ असोजसम्म हुदैछ । यससँगै संघको प्रतियोगिता आयोजनाको लागि बाग्लुङ जिल्ला भलिबल संघलाई ६ थान बल, १ थान नेट र १ लाख रुपैया हस्तान्तरण गरेको छ । केन्द्रिय संघका अध्यक्ष मनोरन्जनरमण शर्माले बाग्लुङ संघका अध्यक्ष यम बहादुर श्रीसलाई सामग्री हस्तान्तरण गरे ।

संघले यो प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी राष्ट्रिय टिमको तयारीको लागि राखिने बताए । गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैह्रेले नगरपालिकाको योजनामा खेलकुदको कार्यक्रम समावेश गरिएको र यसबारेमा बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्षसँग कुराकानीको क्रममा नेपालको राष्ट्रिय खेल भलिबल नै आयोजना गर्न पाउनु गल्कोटको लागि खुशीको कुरा रहेको बताए ।

संघीय ढाँचामा हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्रदान गरिनेछ । गल्कोटमा हुन लागीरहेको राष्ट्रीय स्तरको प्रतियोगिताको गल्कोट स्पोर्ट्स क्लब टोकियो र गल्कोट समाज जापानले स्वागत गरेको छ ।

राष्ट्रीय खेल भलिबलको प्रबर्द्वनका लागी गल्कोट स्पोर्ट्स कल्ब टोकियो र गल्कोट समाज जापानले निरन्तर सहयोग र लगानी गरिरहेका छन । गल्कोट स्पोर्ट्स कल्बले बिगत ४ बर्षदेखी संसार कै महँगो मानिने टोकियो शहरमा बिभिन्न शिलसिलामा जापानमा रहेका भलिबल खेलाडीहरुलाई मैत्रीपुर्ण भलिबल प्रतियोगिता गराईरहेको छ भने गल्कोट समाज जापानले निरन्तर प्रमुख प्रायोजन गर्दै आईरहेको छ ।

यो प्रतियोगिताले गल्कोटको समग्र खेलकूद बिकाश र युवाहरुलाई एकत्रित गर्नमा ठुलो महत्व राख्ने अपेक्षा गरिएको छ ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.