सातसय बगाले थापा समाज, मल्मको १३ औं साधारण सभा, पुस्तक विमोचन र शिलन्यास कार्यक्रम सम्पन्न

0
38

मल्म, २०७३ माघ १५ शनिवार

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

सातसय बगाले थापा समाज, मल्म बागलुङको १३ औं वार्षिक साधारण सभा, पुस्तक विमोचन तथा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको समुद्घाटन बगाले थापा क्षत्री समाज धवलागिरी नेपालका अध्यक्ष तथा नेपाल सरकारका पूर्व एसएसपि भिमबहादुर थापाले गर्नु भएको थियो । प्रमुख अतिथि थापाले बगाले थापा बन्धु एकता र राष्ट्र निर्माणमा लाग्नु पर्ने बताउनु भएको थियो । विशिष्ट अतिथिको रुपमा जिल्ला कृषि विकाश कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत मदन थापा, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा र गलकोट बहुमुखि क्याम्पस, हटियाका सहायक क्याम्पस प्रमुख कृष्णराज गौतम रहनुभएको थियो । कार्यक्रममा सचिव केहरसिंह थापाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष घनश्याम थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सो कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पस, बागलुङका सहप्रा डा. दिनबहादुर थापाद्वारा लिखित “बगाले थापाको वंशः विगतदेखि वर्तमानसम्म (सातसय बगाले थापाको वंशवृक्ष सहित)” पुस्तकको विमोचन प्रमुख अतिथि भिमबहादुर थापाबाट भएको थियो । उक्त पुस्तक बारे गलकोट बहुमुखि क्याम्पस, हटियाका सहायक क्याम्पस प्रमुख कृष्णराज गौतमले समिक्षा गर्नुभएको थियो ।

साथै सातसय बगाले थापा मल्मको सामुदायिक भवन निर्माणको शिलन्यास म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा र धवलागिरी बहुमुखी क्याम्पस बागलुङका सहप्रा.डा. दिनबहादुर थापाले संयुक्त रुपमा गर्नुभएको थियो । उक्त सामुदायिक भवन निर्माणको लागि मल्म ९ खाली निवासी समाजसेवी गुन्जबहादुर थापाले निशुल्क जग्गा दान गर्नुभएको थियो । त्यसैगरी अमरसिंह पदमार्गको शिलन्यास जिल्ला कृषि विकाश कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत मदन थापा र सातसय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि राज थापाले गर्नुभएको थियो । सातसय बगाले थापाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव केहरसिंह थापाले गर्नुभएको थियो ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!