गल्कोटलाइ संसारभर चिनाउन विशेष वृतचित्र बन्दै

0
94
Videography in galkot
USB crew busy in cinematography

गलकोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृतचित्र बन्ने भएको छ । USB सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक  आकाश  USB  थापाले जानकारी दिए । लामो समय परदेशमा संघर्ष गरेर आफ्नै मातृभूमिमा फर्किएका आकाश थापाले  गलकोट एक प्राकृतिक दृष्टिले मात्रै नभएर सांस्कृतिक एवं जैविक बिबिधताको अनुपम संगम र ऐतिहासिक थलो भएकाले  वृत्तचित्र बनाइने बताए ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!


थापाका अनुसार ‘अहिलेको डिजिटल बजारमा हाम्रो आफ्नो क्षेत्रको सामग्री र जानकारीहरु उपस्थित गर्न सके गलकोट सहित नेपालकै चिनारी बढ्ने थियो’ उनले भने, ‘गलकोटको पुरानो ईतिहास र वर्तमान अवस्था वृत्तचित्र मार्फत झल्काउन खोजिने छ ।’ साथै आफ्नो ठाउँको चिनारी र इतिहास लाई खिचेर, सम्पादन गरी जोगाएर राख्न सके अब आउने भाबी सन्तति हरुलाई काम मात्र नलागेर नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि, पनि एउटा इट्टा थप्ने कुरामा टिम आशावादी रहेको थापाले बताए ।

Galkot Durbar in Harichaur
Historical Galkot Durbar in Harichaur

‘देशैभरी आन्तरिक पर्यटन झाङ्गिदै गरेको माहोलमा, हामीले पनि सम्भावना बोकेका ठाउँहरुलाई संजालमा चौतर्फी प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ’ वृत्तचित्र निर्माण टोलीका सदस्य घुमन्ते खिमबहादुर क्षेत्रीले भने, ‘वृत्तचित्र निर्माणले गाउँको गरिमा बढाउन सकिएला ।’ यस USBसेवा प्रालिले जापान, अस्ट्रेलिया , युरोपियन राष्ट्र, अमेरिका, हङकङ लगायतका देशहरुमा प्रदर्शन गरी उक्त प्रदर्शन बाट उठेको रकम गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको थापाले बताए ।
प्राचिनकाल अनुसार गल्कोटलाई १८ मगरात राज्य मध्येको एक मानिन्छ ।

जिल्लाको सदरमुकाम बागलुङबाट ४५ किलोमीटर पश्चिम तर्फ रहेको  गलकोट नगरपालिका वास्तवमै सुन्दर उर्बर भुमि हो । वृत्तचित्रमा  गलकोट क्षेत्रका मानिस, बसाई सराइको प्रभाब, खेतीकिसानी, मल्ल राजाको दरबार, दरम खोला र त्यहाँ पाइने असला माछा, ताराखोलाको आलु, गाइघाट र सहस्रधारा झरना सहित घुम्टेको धुरी, गाजाको दह, निलुवा उपत्यका आदि बिषयलाई यस वृतचित्रमा समेटिने छ ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.