ढोरपाटनका गगनको ए हावा मलाई नछोएर चल गीतले लोक प्रियता कमाउदै

0
398

बाग्लुंगको सुन्दर ढोरपाटनमा जन्मिएर, कामको सिलसिलामा बिदेशिएका गगन बिक (गाम बहादुर) को जातीय भेदभाव बिरुद्धको “ ए हावा मलाई नछोएर चल, मलाई छोए नछुनु अरुलाई … “ बोलको गीतले आम समाजमा गहिरो प्रभाव पार्दै लोकप्रिय हुन सफल भएको छ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

गगनको शब्द/संगीत संयोजन रहेको यस सुन्दर गीतमा नेपालका महान गायक शिव परियारको सुमधुर स्वर छ भने नेपालकी चर्चित नायिका केकी अधिकारी र लोक गायक कुलेंद्र बिकको मन छुने अभिनय देख्न सकिन्छ।

किमोस खेमद्वारा निर्देशित यस गीतको म्युजिक भिडिओको छायांकन अमृत सुनुवारले गरेका हुन् भने प्रकाश तुलाधरले सम्पदान गरेका छन्।

सानो छदा, साथीहरुसंग वनभोज जाँदा ५ जना दलित साथीहरुमाथि छूवाछुत भएपछी गगनमा विद्रोह पलायो। उनीहरुलाई तल्लो जात भनी बेग्लै राखेर भोजनको स्थान छुट्याइयो र कथित उच्च वर्गका साथीले हात धोएको पानी हावाले उडाएर अरु साथीहरुलाई छिटा परेपछि उनीहरुले तथानाम गाली खाए पश्चात यो अपमानको पीडा भुल्न नसकेका गगनले समाजमा रहेको विभेद बिरुद्ध आवाज उठाउने निधो गरे। यसरि उनले थुप्रै गीत लेखेका छन् र समाजमा परिवर्तन को आवाज उठाउन सफल भएका छन्।

उनको मन छुने ए हावा मलाई नछोएर चल, मलाई छोए नछुनु अरुलाई गीत तल क्लिक्क गरि सुन्नुहोला ।

उनको मन छुने ए हावा मलाई नछोएर चल, मलाई छोए नछुनु अरुलाई गीत तल क्लिक्क गरि सुन्नुहोला ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!