उपचारका क्रममा जापानमा मृत्यु भएका स्व.सबिन क्षेत्रीको परिवारलाई सहयोग रकम हस्तान्तरण

0
130


टोकियो मार्च १

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

उपचारको क्रममा जापानको साईतामामा फेब्रुअरी ६ तारिक निधन भएका गल्कोट नगरपालिका ३ बोहोराफाँटका सबिन क्षेत्री(बोहोरा) को परिवारलाई आर्थिक सहयोग भएको छ ।

गल्कोट नगरपालिका ३ बोहोराफाटका स्वर्गीय सविन बोहोराको परिवारलाई सामाजिक संस्था गल्कोट समाज जापान र बोहोराफाट समाज जापानको सकृयतामा संकलित रकम रु २९८८९९८ हस्तान्तरण गरिएको हाे र जस मध्ये १३१८६५० उपचार र दाह संस्कारमा खर्च भएको जानकारी बोहोराफाट समाजका सल्लाहकार रामु बोहोरा ले दिनु भयो। बाँकी सहयोग रकम नाबालिका छोरीको शिक्षादिक्षा र पालन पोषणमा खर्चका लागी स्व. सबिनका बुबा बल बहादुर बोहोरा, श्रीमती मन्जु बोहोरा र छोरी आयुसीका नाममा संयुक्त बैङ्क खाता खोली जम्मा गर्ने निर्णय गरेको छ । गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री,गल्कोट समाज टोकियो का सचिव दुर्गा ब. खत्री ,गल्कोट समाज टोकियोका कोषाध्यक्ष राजु बस्नेत ,गल्कोट समाज टोकियो का सदस्य दिनेश थापा, बोहोराफाट समाजका सचिव पवन बोहोरा ,सल्लाकार राम बोहोरा , बोहोराफाट समाज जापानको सदस्य नारायण बोहोरा, प्रकाश बोहोरा र उपाध्यक्ष बिनोद बोहोरा ले सो रकम संयुक्त रुपमा स्वर्गिय बोहोराको परिवार लाई हस्तान्तरण गरेका हुन् ।


रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष खत्रीले समाजमा हुने हरेक कृयाकलाप र मानवीय सेवाका क्षेत्रमा सकृय रुपमा सहभागिता जनाउनु प्रशंसनीय कार्य भएको बताउनु भयों । स्वर्गीय बोहोराको अल्प आयुमै मृत्युको खबर आउनु घरपरिवारलाई मात्र नभई सिङगो गाउ समाजलाई नै शोकमा डुबेको बताउदै शोकको घडीलाई शक्तिमा बदल्न बोहोराफाट समाजले गरेको समन्वय सराहनीय रहेको अध्यक्ष खत्रीको भनाई छ ।


आपत विपतमा थौरै भएपनि राहत होस भन्ने उदेश्यले परिवारमा आर्थिक बोझ कम गर्व र नाबालिका छोरीको उज्जवल भविष्यको कामना गर्दै जापानमा रहेका आफन्त र शुभेच्छुकहरुले उक्त रकम सहयोग गरेको बोहोराफाट समाजका सचिव पवन बोहोराले जानकारी दिनुभयो । राहत रकम ग्रहण गर्दै परिवारले सहयोगी संस्था गल्कोट समाज जापान र सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गरेको छ ।


स्वर्गिय बोहोराको श्रीमती र १ छोरी रहेका छन । समाजले बोहोराको निधनको खबर प्राप्त गरेपछि जापानमा आर्थिक संकलन अभियानलाई तिव्र पारिएको र बोहोराफाँट समाजले निकै समन्वयकारी भुमिका खेलेको गल्कोट समाज कान्तोका कोषाध्य़क्ष राजु बस्नेतले बताउनुभयो । छोटो समयमै झण्डै ३० लाख जापानी येन सङ्कलन गर्नका लागि अभियानमा अनवरत रुपमा लाग्नु भएका सम्पुर्ण पदाधिकारि र सहयोगी मनहरु प्रति गल्कोट समाजको तर्फ बाट समाजका महासचिव कृष्ण खत्रीले धन्यवाद व्यक्त गर्नु भयो। राहत रकम हस्तान्तरण कार्यक्रम समाजको कान्तो कार्यसमिति सचिव दुर्गा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.