जापानमा Classic Youth Club ले आयोजना गरेको BBQ भब्य र सब्य रुपमा सम्पन्न

0
305

जापानमा रहेका युवाहरुको एक संस्था Classic Youth Club जापानले आगामी May 28 तारिक आईतवार जापानको राजधानी टोकियो नजिकैको अर्को मुख्य शहर चिबा केनको ईनागे खाईकान पार्कमा नौमती बाजाका साथ BBQ कार्यक्रम सम्पन्न गरेको छ । जापानमा रहेका युवाहरु लाई एकता गर्दै बिभिन्न संघ सस्थामा संङ्लग्न भई सकरात्मक कार्यमा अगाडी बड्न लागेको यस संस्थाले जापानमा रहेका हरेक तह र तप्काका नेपालीहरुलाई समेट्ने गरी BBQ कार्यक्रम गरिएको संस्थाका अध्यक्ष बिष्णु कार्कीले बताउनु भयो ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

कार्यक्रममा जापान रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, ब्यापारी, बिध्धार्थी, डिपेनडेन्ट तथा कामदार भिसामा रहेका सबै नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो । जापानमा प्रतिष्ठित ब्यापारी भवन भट्ट, सन्त खत्री, नबिन निउरे लगायत जापानको लागी नेपाल पर्यटन बोर्डका अबैतनिक प्रतिनिधी अनुज थापा , एन आर एन जापानका ज़िम्मेवार प्रतिनिधीहरु गलकोट समाज जापानका केन्द्रिय अध्यक्ष, उपाध्यक्ष लगायतका प्रतिनिधीहरु, गलकोट स्पोर्ट कल्ब, संम्बृद्घ नेपाल निर्माण अभियान INFSD JAPAN का प्रतिनिधीहरु लगाएत जापानमा क्रियाशील सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

संस्था स्थापनाको छोटो समयमै यति बिशाल कार्यक्रमलाई सब्य र भब्य रुपमा सम्पन्न गराएकोमा युवाहरुको एकता र टिमवर्क भएमा जस्तासुकै काम पनि सफल हुन सक्ने कुरा कार्यक्रममा उपस्थित INFSD JAPAN का संयोजक दुर्गा बहादुर खत्रीले प्रतिक्रिया दिनुभयो । बागलुङ जिल्लाको गलकोट क्षेत्रका युवाहरुको बाहुल्यता रहेको क्लासिक युथ कल्बले कार्यक्रम अबधीभर नै गरेको हरेक ब्यवस्थापनबाट जापानमा रहेका अन्य संस्थाहरुले पनि केही सिक्नुपर्ने कार्यक्रमका एक सहभागी गोपाल सुबेदीको प्रतिक्रिया थियो ।

बिशेष गरि जापानमा बागलुङको गलकोट क्षेत्रबाट आउने युवाहरु धेरै रहेको र उनीहरुलाई सही रुपमा परिचालन गर्न सक्ने नेतृत्व भएमा गलकोट मात्र नभएर सम्पुर्ण नेपालको सकारात्मक परिवर्तनको लागी युवाहरुको महत्वपुण भुमिका रहने र युवाहरुको एकताका लागी कार्रक्रम गरिएको कार्यक्रम संयोजक दिपेश खत्रीले बताउनु भयो । कार्यक्रममा घुम्टे नौमती बाजा समुहको पन्चेबाजाले थप रौनकता प्रदान गरेको थियो ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!